२०८१ मङ्सिर २३ गते आइतवार

रासायनीक मल अभावमा दाङ्गका किसान आक्रोसित

दिनभर लाइन लाग्दा पनि मल पाउन सकस


दाङ, १४ असार
खेतिपातिको समय सुरु भएपनि मल पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् । धान रोप्ने समयमा रासायनिक मलको अभाव हुदाँ किसानहरुले बर्षेनी समस्या झेल्नु परेको छ ।

तुलसीपुर ६ का प्रेमबहादुर महतराका अनुसार सरकारले जग्गा बाझो नराख्ने निति ल्याएपनि मल उपलब्ध गराउन नसकेको गुनासो गर्नुभयो । रासायनिक मल बिना जग्गा जमिनमा कुनै चिज उत्पादन नहुने भन्दै मलको आपुर्ती सहज गराउन सरकारसंग माग गर्नु भएको छ ।

सरकारले किसानको पिडा बुझ्ने ठाउँमा उल्टै सास्ती दिएको किसानहरुले गुनासो गरेका छन् । विभिन्न सहकारीले अहिले मल बितरण गरिराखेका छन् । तर मल लिन दिनभर लाइन लाग्दा पनि मल पाउन नसकेको किसानहरुको गुनासो छ ।

उनिहरुले किसानले कहिले सम्म सास्ती खेप्नुपर्ने भन्दै आक्रोस पोखेका छन् । किसानका समस्यामा गम्भिर बन्न र हरेक समस्यालाई समाधान गर्न सरकार अग्रसर बन्नु पर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार