२०८१ फाल्गुन ६ गते मङ्गलवार

खाद्य व्यवस्था कम्पनी दाङले खरिद गर्यो करिब दुई हजार क्विन्टल धान



फाइल तस्बिर

तुलसीपुर,४ माघ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले करिब दुई हजार क्विन्टल धान खरिद गरेको छ । चालु आर्थीक वर्षको कार्तिक देखि पुससम्ममा एक हजार ६२३ दशमलव १४ क्विन्टल धान खरिद गरेको कार्यालयले जनाएको छ ।

नेपाल सरकारले यो वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरलाई धान खरिदको लागि अनुमति दिएको थियो । सोही अनुसार पहिलो पटक धान खरिद गर्न सुरु गरेको कार्यालयका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा सरकारले कार्यालयलाई ८ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएकोमा अहिले सम्म एक हजार ६२३ दशमलव १४ क्विनटल धान खरिद गरेको कार्यालय प्रमुख सुनारले बताउनुभयो ।

पहिलो वर्ष भएकोले किसानहरुलाई थाहा नभएकोले पनि कम धान खरिद भएको कार्यालय प्रमुख सुनारको भनाई छ । व्यापारीहरु गाँउ गाँउमा पुगेर धान खरिद गर्ने भएकोले पनि खाद्य कार्यालयसम्म किसानहरु नआएको बताउनुभयो ।

गाँउघरमा निजी गल्ला व्यवसायीहरू,स्थानीय घोडलद्दिहरू गाउँमै पुगेर धान खरिद गर्ने भएकाले  पनि कार्यालयसम्म सबै किसानहरु नआएको हुन सक्ने उहाँको भनाई छ । कार्यालयले प्रति क्विन्टल ३ हजार ४१० रुपैंया ५१ पैसामा धान खरिद गदै आएको छ ।

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रवार