२०८१ असोज २७ गते आइतवार

दाङमा १३ प्रतिशत धान रोपाइ



दाङ, १५ असार ।
दाङमा यसवर्ष अहिलेसम्म १३ प्रतिशतमात्रै धान रोपाई सकिएको छ । समयमै वर्षात नहुँदा गतवर्षको तुलनामा करिब असार मध्येसम्म आइपुग्दा जिल्लामा ४७ प्रतिशत धान रोपाई भएको हो । गतवर्ष असार १५ गतेसम्म जिल्लामा ६० प्रतिशत धान रोपाई सकिएको थियो ।

वर्षात कम हुँदा यसवर्ष असारको मध्येसम्ममा न्युनमात्रामा धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी मनोज कुमार सिंहले बताउनुभयो । दाङ उपत्यकाको तुलनामा देउखुरी क्षेत्रमा धान रोपाई समयमै हुने गरेपनि यसवर्ष देउखुरी क्षेत्रमा पनि कम हालसम्म कम रोपाई भएको छ ।

पानी समयमै नपरेका कारण यसवर्ष अहिलेसम्म धान रोप्न शुरु नभएको तुलसीपु उपमहानगरपालिका वडा नम्बर ६ गाइडरका बिष्णुप्रसाद भण्डारीले बताउनुभयो । जिल्लामा करिब ३९ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

दाङमा असार १५ लाग्दै गर्दा अहिलेसम्म रासायनिक मलको माग आधा पनि पुरा हुन सकेको छैन् । रासायनिक मलको बिक्रि वितरण गर्ने अनुमति पाएको कृषि सामाग्रि कम्पनि लिमिटेड र साल्ट टे्रेडिङ कर्पोरेसनका अनुसार जिल्लामा मागको करिब ५० प्रतिशतमात्रै आपुर्ति भएको छ । जिल्लामा करिब १० हजार मेट्रिक टन युरिया मलको आवश्यकता देखिएपनि मागको करिब आधामात्रै आपुर्ति भएको हो ।

 

दाङ, १५ असार ।
दाङसहित देशभर बुधबार ९आज० १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइदै छ । कृषि ज्ञान केन्द्र दाङ र पालिकाका कृषि शाखाले विभिन्न ठाउँमा धान रोप्दै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्स गर्न लागेका छन् । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाउने गरिन्छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निणर्य गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । दाङमा अधिकांश किसानहरुले हाइव्रिड र स्थानिय जातका धान रोप्ने गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर १ को देविस्थान तीनमनेमा आज राष्ट्रिय धान रोपाई दिवस मनाउन लागेको कृषि शाखा प्रमुख धनराज गौतमले जानकारी दिए । तुलसीपुरमा अहिलेसम्म करिब १५ प्रतिशत धान रोपाई सकिएको छ ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार