२०८२ जेष्ठ १० गते शनिवार

प्रदेश राज्यमन्त्री वलीको राजीनामा स्वीकृत



फाइल फोटो

दाङ १५ असार ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ ।

वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले आज बुधवार बसेको प्रदेश सभाको बैठकमा जानकारी गराउनुभयो । राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री केसीले बताउनुभयो ।

गएको जेठ अन्तिममा वलीले दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी दर्ता भएपछि छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको थियो ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार