दाङ, २ भदौ ।
गत आर्थिक वर्षमा देशभरका प्रयोगशालामा गरिएको परिक्षणबाट १२ प्रकारका तरकारीको ४६ वटा नमुनामा अत्यधिक विषादी फेला परेको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले गरेको उक्त परीक्षणका क्रममा गोलभेँडा, काउली, रायोको साग लगायतका तरकारीमा अत्यधिक मात्रामा विषादी फेला परेको हो ।
प्रयोगशालाको तथ्याङ्क अनुसार यस अवधिमा काउलीका दुई सय ७६ वटा नमुना परिक्षण गरिएकोमा सात वटा नमुनामा खान नमिल्ने विषादी फेला परेको हो ।
त्यस्तै साग, खुर्सानी र गोलभेँडाका पनि सात/सात वटा नमुनामा पनि अत्यधिक विषादी भेटिएको प्रयोगशालाका वरिष्ठ प्राविधिक राजिव दास राजवंशीले जानकारी दिनुभयो ।
विभिन्न ३३ जिल्लामा गरिएको उक्त परिक्षणका क्रममा बढीजसो बेमौसमी तरकारीमा धेरै बिसादी पाईएको भन्दै उहाँले सचेत हुन उपभोक्तालाई आग्रह समेत गर्नुभयो ।
प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार