२०८१ असोज २१ गते सोमवार

बाँझो जग्गामा खेती गर्न सरकारले अनुदान रकम उपलब्ध गराउने



दाङ, ३ भदौ ।
स्थानीय तहमा रहेका बाँझो तथा उपयोगमा नआएको कृषि योग्य जग्गामा खेती गर्न सरकारले अनुदान रकम उपलब्ध गराउने भएको छ ।

बाँझो जग्गाको उपयोग गर्ने उद्देश्यका साथ सरकारले स्थानीय तह मार्फत उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

बाँझो तथा उपयोगमा नआएको सरकारी, निजी, सामुदायिक तथा नदी उकास क्षेत्रको जग्गा पहिचान गरि खाद्यान्न, फलपूmल, तरकारी, माछापालन, अन्न बाली तथा नगदे बाली, गैर काष्ठ वन पैदावार लगायत कार्यक्रम सञ्चालन गर्न इच्छुक स्थानीय तहले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव पेश गर्न सक्नेछन् ।

मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले प्राप्त भएका प्रस्ताव मध्ये छानिएका कार्यक्रम कार्यान्वयनको लागि आवश्यक बजेट शसर्त अनुदानको रुपमा पठाइने जानकारी दिनुभयो । कार्यपालिकाको निणर्यसहितको प्रस्ताव भदौ २९ गतेसम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाउन सकिनेछ ।

प्रकाशित मिति : २०७९ भाद्र ३ गते शुक्रवार