
कर्णाली, २१ कार्तिक ।
गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म २५ जना बेपत्ता छन् । विपद्बाट जुम्ला र मुगुमा १०÷१० जना, कालीकोटमा नौ, हुम्लामा आठ, डोल्पामा दुई र दैलेखमा एक गरी ४१ व्यक्तिको मृत्यु भएको छ ।
यस्तै विपद्का कारण बेपत्ता हुनेको सङ्ख्या कालीकोटमा मात्रै १८ पुगेको छ । त्यस्तै, दैलेखमा तीन, जुम्ला, हुम्ला, डोल्पा र रुकुम–पश्चिममा एकरएक गरी २५ व्यक्ति बेपत्ता भएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।
मन्त्रालयको तथ्याङ्कअनुसार २० हजार सात सय ९४ परिवार विस्थापित भएका छन् । त्यसमा सात हजार चार सय १८ कालीकोट र पाँच हजार दुई सय ८२ जना मुगुकै मात्र छन् ।
त्यस्तै, तीन हजार दुई सय ८६ हुम्ला, जुम्लामा एक हजार नौ सय ५२, दैलेख एक हजार छ सय २०, सल्यान छ सय चार र सुर्खेतमा पाँच सय ६६, डोल्पा ३२, जाजरकोट र रुकुमपश्चिम १७÷१७ परिवार विस्थापित भएको सम्पर्क व्यक्ति रोकायले बताउनुभयो ।।