दाङ, १२ पुस ।
खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका प्रमुखले कार्यालयमा दर्ता चलानीदेखि सहीसम्म गर्दै आउनु भएको छ । कम्पनीका प्रमुख तिलक सुनारले कार्यालयमा दर्ता चलानीदेखि कार्यालय प्रमुखको हस्ताक्षरसम्म एक्लै गदै आएको बताउनुभयो ।
पुस महिना सुरु भएदेखि नै यसरी एक्लै काम गदै आएको उहाँले बताउनुभयो । कार्यालयमा कार्यालय प्रमुख १ जना, लेखापाल १, जिन्सीमा १ जना र कार्यालय सहयोगी २ जना हुनुपर्ने हो ।
२ जना कार्यालय सहयोगी रहे पनि अन्य कर्मचारी नहुँदा कार्यालयको सम्पूर्ण काम एक्लै गदै आएको प्रमुख सुनारले बताउनुभयो । सबै काम एक्लै गर्नुपर्दा समस्या भएको उहाँको भनाई छ । कार्यालयमा कर्मचारीका लागी पटक–पटक केन्द्रसंग माग गरिए पनि कर्मचारी कहिले आउने भन्ने टुंगो नरहेको उहाँले बताउनुभयो ।।
प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार