२०८१ मङ्सिर २३ गते आइतवार

सल्यानमा २० प्रतिशतले बढ्यो सुन्तला उत्पादन



दाङ १९, पुस ।
सल्यानमा यस वर्ष सुन्तला उत्पादन २० प्रतिशतले बढेको छ ।

३ वर्षदेखि सुन्तला उत्पादन निरन्तर ओरालो लागेको सल्यानमा यस वर्ष भने २० प्रतिशत वृद्धि भएको छ ।

कृषि विकास कार्यालय सल्यानका अनुसार गत वर्ष ६ हजार ९८० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ८ हजार ३७६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।

असोजमा लगातार एक साता परेको वर्षाले अन्य बालीनालीको उत्पादनमा असर परे पनि सुन्तलाका लागि फाइदा हुँदा उत्पादन बढेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरतकुमार बस्नेतले जानकारी दिनुभयो ।

जिल्लाभरि किसानले १ हजार ६ सय हेक्टरमा सुन्तला खेती गर्दै आइरहेका छन् ।

यसबाट प्रत्येक वर्ष २५ करोड रूपैयाँसम्म भित्रिँदै आएको छ । यो वर्ष किसानले २८ करोड रूपैयाँसम्म भित्र्याउने अनुमान छ ।

उत्पादन बढेपछि गत वर्ष प्रतिकेजी ६०/६५ रूपैयाँ सुन्ता बिक्री गरेका किसानले यो वर्ष ५०/५५ रूपैयाँ प्रतिकेजी बिक्री गरिरहेका छन् ।

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार