
दाङ, २९ पुस ।
लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखका लागि माघ ३ गते मतदान हुने भएको छ । प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा माघ ३ गते दिउँसो एक बजे सभामुख र उपसभामुखका लागि मतदान हुने उल्लेख छ ।
प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकमा सभामुख र उपसभामुखको निर्वाचन हुन लागेको हो । त्यसअघि माघ २ गते दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म प्रदेशसभाको सभामुख र उपसभामुखका लागि उम्मेदवारी दर्ताको समय दिइएको छ । माघ २ गते नै बेलुका साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : २०७९ पुष २९ गते शुक्रवार