२०८१ कार्तिक २८ गते बुधवार

पछिल्ला १० वर्षमा साढे १३ प्रतिशत जनसङ्ख्याले कृषि पेशा छाडे



दाङ, २३ माघ ।
पछिल्ला १० वर्षमा साढे १३ प्रतिशत जनसङ्ख्याले कृषि पेशा छाडेका छन् । आर्थिक वर्ष २०६८/०६९ मा ७३ दशमलव ९ प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित रहेकोमा सो दर अहिले घटेर ६० दशमलव ४ प्रतिशतमा झरेको छ ।

यसो हुनुको एक मूख्य कारण उत्पादनले उचित मुल्य नपाएको किसानको भनाइ छ । सरकारले कृषिको व्यावसायिकरण र बजारीकरणको कुरा गरिरहँदा किसान भने मूल्य नपाएर सडकमा तरकारी फालिरहेका छन् । कृषि बजार नहुनु र भारतबाट आयात हुने तरकारीले बजार लिँदा सर्वसाधारण नागरिकले कृषि पेशा छाड्ने क्रमे बढेको राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष नवराज बस्नेतले बताउनुभयो ।

बजारको अभावसँगै बिचौलियाका कारण पनिकिसानले कम मूल्य पाउने गरेका छन् भने उपभोक्ताले महङ्गोमा किन्नुपर्ने बाध्यता छ । कृषि उपजबाट किसानलेवास्तविक मूल्य पाउन खासगरि स्थानीय तहले हाट बजारको व्यवस्थागर्नुपर्ने कृषि विज्ञ चित्रनाथ पौडेलको भनाइ छ । नेपालमा बर्सेनि २ खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात हुने गरको छ ।

नेपालमै उत्पादित कृषिजन्य वस्तुको बजारीकरणका लागि प्रभावकारी योजना कार्यान्वयन गरे ५० प्रतिशत आयात प्रतिस्थापन गर्न सकिने विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार