२०८१ चैत्र १२ गते मङ्गलवार

राष्ट्रियसभा उपनिर्वाचनवाट सदस्यमा एमालेका कुमार दशौदी बिजयी



दाङ, २५ माघ।

राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार कुमार दशौदी बिजयी हुनुभएको छ । जम्मा खसेको कुल मतको मतभार ७ हजार ९ सय मध्य ४ हजार २६ मत प्राप्त गरी दशौदी राष्ट्रियसभा सदस्यमा बिजयी हुनुभएको हो ।

दशौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरि जम्मा ४ हजार २६ मतभार प्राप्त गरि बिजयी हुनुभएको हो । नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गर्नुभएको थियोे ।

नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले १ सय ९२ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार