२०८१ जेष्ठ १६ गते बुधवार

नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले लिए शपथ ग्रहण



 

दाङ ८,फागुन ।
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारी लाल अहिरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता अहिर मुख्यमन्त्री लिला गिरीको सिफारिसमा हिजो आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त हुनुभएको थियो।

बाँकेका अहिरलाई आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाउनुभएको हो।

यसअघि माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ ।

। अहिरको नियुक्तिसँगै प्रदेश सरकारमा ११ जना मन्त्री पुगेका छन् ।नयाँ सरकारले यसअघि कायम १३ वटा मन्त्रालय घटाएर १० वटा बनाउने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार