तुलसीपुर, २९ फागुन ।
तुलसीपुरमा करिब एक बिगाह जग्गाको तोरी चोरी भएको छ । तुलसीपुर–७ मोतिपुरमा गंगामाला कृर्षि समहका सञ्चालक तुलसीकुमारी बुढाले एक बिगाह जग्गामा लगाएको तोरी चोरी भएको हो ।
छिनेर बारीमै खलियान लगाएर राखेको तोरी चोरले खलियानबाटै झट्केर चोरी गरेको हो ।
गतवर्ष सात क्विन्टल भएको तोरी यसवर्ष चोरले खलियानबाटै चोरी गरेको पिडित बुढाले बताउनुभयो । तुलसीपुर–६ निवासी बुढाले वार्षिक ४० हजारमा जग्गा भाडामा लिएर तोरी खेती गर्नुभएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार

