२०८१ असोज १८ गते शुक्रवार

लुम्बिनी प्रदेश सरकारको समर्थन माओवादीले फिर्ता लिने



दाङ,८ चैत ।
लुम्बिनीमा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार प्रदेशमा पनि नयां गठबन्धन सरकार बनाउन समर्थन फिर्ता लिन लागेको बताउनुभयो ।
भोलिसम्म समर्थन फिर्ता लिएर सरकार परिवर्तन गर्ने तयारी रहेको बरालले जानकारी दिनुभयो ।

लुम्बिनीमा एमाले नेतृत्को सरकारमा माओवादी केन्द्र, जसपा र जनमत पार्टी छन् । नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी,नेकपा एकीकृत समाजवादीले बाहिरबाट समर्थन गरेका छन् ।

८७ सदस्यीय प्रदेश सभामा ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा लिला गिरी पुस २७ गते नियुक्त भई माघ ५ गते विश्वासको मत लिनुभएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार