२०८१ जेष्ठ ९ गते बुधवार

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. केसी नियुक्त



दाङ, २६ बैशाख ।
लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा दाङका डा. नहकुल केसी नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा.केसीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिनुभयो ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्राबधान छ । गरिबी विवारण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्थानमा विकाससंग जोडिएर दशक वढी काम गरेका व्यक्ति हुनुहुन्छ ।।

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार