२०८१ असोज २७ गते आइतवार

मूलकोट कृषि सहकारी संस्थाको कृषि अध्ययन प्रतिवेदन सार्वजनिक



दाङ, १६ जेठ ।
मूलकोट कृषि सहकारी संस्थाको कृषि अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । २०७८ सालमा तुलसीपुर-४ मूलकोटमा स्थापना भएको सहकारी संस्थाले छाँया नेपाल मार्फत जिविकोपार्जन लागि महिला सशक्तीकरण परियोजना  अन्र्तगत सदस्यहरुलाई कृषि ब्यवसायमा आत्म निर्भर बनाउन काम गर्दै आएको छ ।

परमपरागत कृषि प्रणलीलाई आधुनिकिकरण गर्दै मौसमी तथा बेमौसमी खेती प्रणालीको अध्ययन गरिएको छ । अध्ययन पश्चात किसानहरुले ब्यासायीक रुपमा खेति गरेका बालीको उत्पादन बढेको छाँया नेपालका कृषि बिज्ञ गोबिन्द केसीले जानकारी दिनुभयो ।

संस्थामा रहेका ४७ जना महिला सेयर सदस्यहरुले सामुहिक रुपमा आफ्नै ६ कठ्ठा जग्गामा टमाटर, बन्दा, गाँजर, काउली लगायतका तरकारी उत्पादन गरेका छन् भने एभोकाडो र कागती खेतीलाई जोड दिएको उहाँको भनाइ छ ।

कृषि बिज्ञ केसीले सहकारीको स्थापना गरि सहकारी सदस्यबिचको सहकार्य, अनुसन्धानात्मक नतिजामूखी प्रविधिको प्रयोग गरि खेती गर्ने गरेको बताउनुभयो । पछिल्लो समय रसायनिक मलको प्रयोग बढिरहेको अवस्थामा प्राङ्गारिक खेती अभ्यास समयानुकुल प्रविधिमा तालिम दिइएको बताउनुभयो ।

सेयर सदस्यहरुलाई निःशूल्क बिउबिजन, टनेल वितरण गर्ने गरिएको संस्थाका अध्यक्ष झरना पुनले बताउनुभयो । संस्थाको प्रशासनीक कार्यका लागि छाँया नेपालको सहयोगमा ३ कोठे पक्की भवन निर्माण भइरहेको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष बेलमति पुनले तरकारी उत्पादनका लागि दक्षता र सिप भएपनि बजार ब्यवस्थापनमा समस्या भएको बताउनुभयो । उत्पादित तरकारी तुलसीपुर बजारसम्म ल्याउन बाटोको कठिनाई किसानले भोग्नु परेको गुनासो गर्नुभयो ।

त्यस अबसरमा किसान अमृत बिकले तरकारी उत्पादन मात्र नभएर बजारीकरणमा ध्यान दिनुपर्ने बताउनु भएको छ । बिषादिको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको भन्दै र्अग्यानीक उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले बाह्य बजार बाट आएको तरकारी खान बाध्य भएको बताउनु भएको छ । उहाँले स्थानीय उत्पादनलाई प्रोत्सहान गरि किसानलाई तरकारी उत्पादनमा सहयोग गर्ने बताउनुभयो ।

यसैगरी उपप्रमुख स्यानी चौधरीले स्थानीय सरकारको प्रयासले मात्र नभएर विभिन्न संघसंस्थाहरुको सहकार्यमा काम गर्ने गरि तयारी थालेको उहाँको भनाइ छ । उहाँले यो विषयलाई सकारात्मक तरिकाले हेरेको भन्दै र्अग्यानीक उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष तुलसी थापा, तुलसीपुर उपमहानगरका कृषि शाखा प्रमुख धनराज गौतम, मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझा लगायतले स्थानीय कृर्षले उत्पादन गरेका बस्तुमा बजारीकरण गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

मूलकोट सहकारी संस्थाको आयोजना तथा तुलसीपुर उपमहानगरको प्राविधिक सहयोग र छाँया नेपालको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष झरना पुनको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा उपप्रमुख स्यानी चौधरीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

छाँया नेपालका कार्यक्रम संयोजक शिला बोगटीले कार्यक्रको सहजीकरण गर्नु भएको हो भने कार्यक्रम ब्यवस्थापक राम मर्हजनले छाँया नेपालको उद्देश्य र काम गरिरहेका क्षेत्रका बारेमा जानकारी गराउनु भएको हो ।

शिक्षा, स्वास्थ्य, वातावरण, सुशासन, जिविकोपार्जन, कृषि र सहकारी लगायतका क्षेत्रमा काम गर्दै आएको छाँया नेपालले यस अघि तुलसीपुर-७ कालाखोलामा अपाङ्गता अध्ययन केन्द्रको भवन निर्माण गरेको थियो भने अहिले तुलसीपुर-३ मा रहेको मावि प्रतापकोटको भवन निर्माण गरिरहेको छ ॥

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार