२०८१ जेष्ठ ९ गते बुधवार

धान दिवसको अवसरमा बृक्षारोपन



तुलसीपुर,१५असार ।
दाङको तुलसिपुर उपमहानगरपालिका वडा नं.९ बेलुवा स्थित शिव पशुपति टोल बिकास संस्थाले आज (शुक्रबार) वृक्षारोपन कार्यक्रम गरेको छ ।
२० औ राष्ट्रिय धान दिवसको अवसर पारी नया निर्माण गरिएको सडक किनारमा बिभिनन्न प्रजातीका बिरुवाहरू रोपीएको हो । सस्थाका अध्यक्ष जम वहादुर मल्लको अध्यक्षता तथा वडा नं.९ का वडा सदस्य गोपाल भण्डारीको प्रमुख आथित्यामा भएको उक्त कार्यक्रममा वडा सदस्य भण्डारीले बृक्षारोपनको शुभारम्भ गर्नु भएको थियो ।
तारवार सहित गरिएको बृक्षारोपनमा धुपी,कपुर,निम,तेजपत्ता लगायतका बिरुवाहरू रोपिएको छ । वृक्षारोपन कार्यक्रमा टोल बिकास संस्थाका पदाधिकारी, समाजशेवी,राजनितीक दलका प्रतिनिधि,उपभोक्ताहरू लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार