२०८१ मङ्सिर २३ गते आइतवार

कपुरकोटमा पशुप्राबिधिकका लागी क्षमता अभिबृदि तालिमको समापन



दाङ,९ असोज ।
सल्यानको कपुरकोट गाँउपालीकामा पशुप्राबिधिकहरुको लागि तिन दिने क्षमता अभिबृदि तालिमको आज (मंगलवार) समापन गरीएको छ । कपुरकोट गाउपालिकाको आयोजना तथा पशु अस्पताल एवम पशु सेवा कार्यालय सल्यानको प्राविधिक सहयोगमा तिन दिनसम्म तालीम सञ्चालन भएको थियो ।

तालीमको प्रशिक्षकमा पशु अस्पतालका डाक्टर जयन्त र नेत्रलाल प्राबिधिक शिक्षालयका डाक्टर बालकृष्ण रहनुभएको थियो ।

तालिममा ७ जना पशु प्राबिधिकहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्ने बक्ताहरुले तालीममा सिकेका कुरा व्यबहारमा लागु गर्नुपर्ने बताएका छन ।

तालीममा ल्याव सन्चालन, पोस्टमार्ट्म, बिभिन्न पशुहरुमा लाग्ने सरुवा रोगहरुको पहिचान र उपचार बिधि, औषधिको डोजको क्यालकुलेसन लगायतका बिषयमा प्राबिधिकहरुलाई सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको थियो । तालिम महत्वपुर्ण र उपयोगि भएको प्रशिक्षार्थिहरुले बताएका छन।

तालीम समापनका अवसरमा कपुरकोट गाँउपालीकाका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी,पसु सेवा कार्यालय सल्यानका प्रमुख गोबिन्द महत, पशु प्राबिधिकहरु बिरेन्द्र केसि , सृजा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, वडाअध्यक्षहरु इश्वर बुढा, प्रदिप खडका र मित्र कठायतले मन्तव्य राख्नुभएको थियो ।

साथै पशु सेवा कार्यालय सल्यानले कपुरकोट गाउँपालिकालाई सहयोग स्वरुप एक सेट डिफ्रीज उपलब्ध गराएको छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार