२०८१ फाल्गुन २ गते शुक्रवार

कपुरकाेट नेपाल स्काउटको प्रथम अधिवेशनबाट डाँगी निर्बिरोध निर्बाचित



सल्यान, २२ पौष ।
सल्यानको कपुरकोट गाउँपालिकामा पालिका स्तरीय नेपाल स्काउटको गाउँ कार्यसमिती गठन गरिएको छ । स्काउटको ऐन बमोजिम गाउँपालिका उपाध्यक्ष अध्यक्ष हुने प्राबधान अनुसार गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा ७ सदस्सीय नेपाल स्काउट कपुरकोट गाउँ कार्यसमिती गठन गरिएको हो ।

गाउँपालिकामा आज आइतबार भएको प्रथम अधिवेशनबाट कपुरकोट स्काउटको आयु्क्तमा हिमा डाँगी निर्बिरोध निर्बाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा तेज बिक्रम महतरा,प्रदिप पुन,गिता खड्का,शिबराज उदास,द्रोण बुढाथोकी निर्बाचित भएको निर्बाचन अधिकृत चुडामणि केसीले जानकारी दिनुभएको थियाे ।

नेपाल स्काउटको प्रथम गाउँ अधिजवेशनलाई उद्घाटन गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले स्ंसथाको उदेश्य अनुसार कपुरकोटका बालबालिका तथा युवा बर्गलाई स्काउटमा आधिकारिक मात्रामा सहभागी गराई तिनिहरुको शाररिक,मानसिक र बौद्धिक बिकास गरी अनुशासित र स्वावलम्बी बनाउनमा स्काउटले महत्वपूणर् भमिका खेल्नु पर्ने बताउनुभयो ।

स्काउटको संरक्षक समेत रहेका अध्यक्ष पुनले स्काउट बिपत्तीको समयमा निःस्वार्थ सहयोग गर्ने संस्था भएकाले स्काउटलाई चलायमान बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोटका प्रत्येक बिद्यालयमा स्काउट दल गठन गरिने बताउनुभयो । स्काउट कपुरकोटका अध्यक्ष समेत रहनु भएका भण्डारीले बिद्यालयमा गठन गरिएका स्काउट दललाई संस्थाको उदेश्य बमोजिम दैबिक प्रकोप लगायत गाउँ समाजमा आई पर्ने हरेक किसिमको आपत्तीका बेला सहयोग गर्न सक्ने गरी तालिम प्रदान गरिने बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली,शिक्षक महासंघ कपुरकोटका अध्यक्ष श्याम कुमार के.सी,कालिका माध्यमिक बिद्यालयको प्रधानध्यापक चुडामणि केसी,शिक्षा शाखा प्राबिधिक साहेक रमेश कुमार आचार्य लगायतकाले स्काउटले समाज रुपान्तरणमा अझै प्रभाबकारी भुमिका खेल्नका लागि शुभकामना दिनुभयो ।

द्रोण बुढाथोकीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा स्काउट कपुरकोट तदर्थ समितिका संयोजक भुपाल शाहुले २ बर्षको अवधिमा स्काउटले कपुरकोटमा गरेका कार्यका बारेमा जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार