दाङ,२४ पुस ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख उमेशराज जाेशीकाे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा/ काज भएकाे छ ।
जाेशीकाे सरूवा/काज भएपछी लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कमान्ड सम्हाल्न कुबर कडायत आउने हुनुभएकाे छ।
डिआइजी कडायतकाे नेपाल प्रहरी प्रधान कार्यालय महानिरिक्षककाे सचिवालय नक्सालवाट लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा सरूवा/काज भएकाे हाे । कडायत नेपाल प्रहरीकाे केन्द्रीय प्रबक्ता तथा सूचना अधिकारीकाे जिम्मेवारीमा रहनु भएकाे थियाे ।
यसअघि उहाँ दाङ जिल्ला प्रहरी प्रमुखको रूपमा समेत काम गरीसक्नुभएकाे छ ।
आज (मंगलबार) गृह मन्त्रालयल डिआइजी कडायत सहित १६ जना डिआइजीको सरूवा/काज गर्ने निणर्य गरेको हो।
गृहकाे निर्णय अनुसार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, कर्णालीमा लालमणि आचार्य र सुदुरपश्चिम प्रदेशमा रबिन्द्र केसी प्रदेश प्रमुख हुनुभएकाे छ।