२०८२ बैशाख ९ गते मङ्गलवार

माघी पर्वको शुभकामना,विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान :अर्थमन्त्री मास्की 



दाङ,१ माघ ।
माघी पर्व अर्थात मकर सक्रान्तिका अवसरमा आज एक विज्ञप्ती जारी गर्दै लुम्विनी प्रदेशका अर्थमन्त्री धन वहादुर मास्की९राजेश० ले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि  शुभकामना ब्यक्त गर्नुभएको छ।

नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक र विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो ।  बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेको छ ।

यसप्रकारका पर्वहरुले विविध धर्म र संस्कृति मान्ने सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्दछु । यस पर्वले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना ब्यक्त गर्नुभएको छ ।

मगर तथा थारू समुदायले विशेष रूपमा यो पर्व मनाउने गर्छन । मगर र थारू  समुदाय कला, संस्कार, संस्कृति, रहनसहन, खानपिनका हिसाबले धनी समुदाय हो । यो संस्कार र संस्कृतिलाई संरक्षण र प्रचार गर्न सकेमा विदेशी पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । विशेष गरि ठूलो पर्वका रुपमा मनाईने माघीमा थारू समुदायले नयाँ नेतृत्व९महतवा० छान्ने, बर्षभरि गरेका कामको समीक्षा गर्ने, नयाँ योजना बनाउने, नाचगान, खानपिन गर्ने पर्वका रुपमा थारु समुदायले मनाउने गरेको छ । मानवमा सामूहिकताको भाव जनाउने थारु समुदायको यो खालको संस्कार छ, यसबाट अन्य समुदायले पनि सिक्दै जाने विश्वास ब्यक्त गर्नुभयो ।

अझ यो माघीलाई मुक्तीको पर्वका रुपमा पनि मनाइन्थ्यो । कमैला, कमलरी बस्नेहरु यो पर्वमा विदा पाउने भएकाले त्यो समयमा मुक्तीको पर्वका रुपमा पनि मनाईन्थ्यो । कमैला, कम्लरी मुक्ती पछि यसलाई उत्साहको पर्वका रुपमा मनाउन थालिएको छ । लामो संघर्ष पछि मुलुकबाट कमैया, कम्लरी प्रथा हटाउन हामी सफल भएका छौं । यो एउटा ठूलो उपलब्धी रहेको छ ।

पछिल्लो समय थारु समुदायका कला, संस्कार, संस्कृति नयाँ पुस्ताले विर्सिन थाले भन्ने खालका कुराहरु पनि आउछन् । पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्नो संस्कार, संस्कृति हस्तान्तरण गर्नुपर्छ, भने नयाँ पुस्ताले पनि आफ्नो कला, संस्कार, संस्कृतिलाई अनुशरण गर्न सक्नु पर्छ शुभकामना व्यक्त गर्दै माघी पर्वले नेपाल सांस्कृतिक पर्यटनको पनि सम्भावना बोकेको देश भएकाले थारुको यो गहनालाई नयाँ पुस्ताले जोगाउन तर्फ लाग्नुपर्ने शुभकामना  दिनुभएको छ।

थारु समुदाय कठीन संघर्ष गर्दै आएको समुदाय हो । कुनै समय तराईमा औलोलाई जितेर तराइको भूमि जोगाएको समुदाय भएकाले यो समुदायको त्यो कठीन संघर्षप्रति म गर्व गर्न चहान्छु ।

औलो जित्न सफल भएकै कारण थारु समुदायमा बंशाणुगत रुपमा ‘सिकलसेल एनिमिया’ ले सताउने गरेको छ । यसमा म र प्रदेश सरकार गम्भीर रहेको कुरा जानकारी गराउन चहान्छु । चालु बर्षमा मैले सिकलसेल एनिमिया स्क्रीनिङकालागि प्रत्येक जिल्लामा बजेट बिनियोजन गरेको समेत जानकारी गराउन चहान्छु । साथै हामीले हाम्रै प्रदेशमा राष्ट्रिय स्तरको सिकलसेल ऐनिमिया अस्पताल बनाउने गरि  छलफल चलेको अर्थमन्त्री मास्कीले दिएको शुभकामना शन्देसमा उल्लेख गरएिको छ ।

 

 

 

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार