
सल्यान,४ फागुन
सल्यानको कपुरकोट गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता विकासका लागि तालिम दिइएको छ । गत बुधबार देखि गाउँपालिकाको आयोजना तथा कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान सुर्खेतको सहजिकरणमा तालिम दिइएको हो ।
तालिममा स्व जागरण,नेतृत्व बिकास,लैङ्गिक समानता तथा समावेशिकरण,सकारात्मक सोच, सार्बजनिक सेवा प्रवाह,कर्मचारी र जनप्रतिनिधिहरुको काम,कर्तब्य र अधिकार,स्थानीय सरकार सन्चालन ऐन २०७४ बारेमा तालिम दिइएको थियो ।
यस्तै सार्बजनिक भाषण कला,ब्यबहारिक सिपहरुको प्रयोग,माइन्युट,टिप्पणी लेखन,प्रस्तावना तयारी,भरपाई, प्रतिबेदन,सिफारिस लेखन र तनाव, द्वन्द्व, समय र बिबिधतता ब्यबस्थापन सिप लगायतका बिषयमा तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभएको छ ।
तालिम सञ्चालन पश्चात जनप्रतिनिधिहरुलाई योजना निर्माण र स्थानिय सरकार सन्चालन ऐन कार्यान्वयनका बिषयमा थप सहयोग पुय्राएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । उँहाले तालिमबाट सिकेका कुराहरुले कार्यालयबाट प्रबाह गरिने सार्बजनिक सेवामा प्रभाबकारी भमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले पारदर्शि रुपमा कार्यालय सञ्चालन र कागजपत्र मिलानमा तालिमले बिशेष भुमिका खेल्ने बताउनुभयो । भण्डारीले तालिमबाट प्राप्त गरेको ज्ञानलाई ब्यबहारिक रुपमा बिकास निर्माण तथा सामाजिक सेवा प्रबाहमा सदुपयोग गरिने बताउनुभयो ।
३ दिन सम्म चलेको क्षमता विकास तालिमको प्रशिक्षकमा प्रदेस प्रशिक्षण प्रतिष्ठानका गणेश उपाध्याय, राम सारु,रिता बिसि रहनुभएको थियो भने जनप्रतिनिधि तथा गाउँपालिका तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।