तुलसीपुर, १६ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा कृषि तथा भेटनरी सम्बन्धी तालिम सुरु भएको छ । वडा नम्बर १२ को आयोजनामा आज शुक्रबारदेखि तालिमको सुरुवात गरिएको हो ।
तालिमको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले गर्नुभएको हो । तालिमको उद्घाटन् गदै नगर प्रमुख खड्काले तालिममा सिकेको कुरालाई प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । वडाले किसानहरुको सहजताको लागि तालिमको व्यबस्था गरेकाले त्यसबाट किसानले लाभ लिनुपर्नेमा जोड दिनुभयो । साथै किसानले उत्पादन गरेको बस्तुको प्रबद्र्धनको लागि तुलसीपुर १२ मा हाटबजार संचालन गर्ने तयारी गरेको बताउनुभयो ।
किसानलाई प्रोत्साहन गर्नको लागि पालिकाले विभिन्न कार्यक्रम गर्ने योजना बनाएको बताउदै किसानलाई कृषि तर्फ लाग्न आग्रह गर्नुभयो । किसानहरु निरोगी बन्न श्रमसंगै उत्पादनमा जोडिनु पर्नेमा जोड दिनुभयो ।
यस्तै तुलसीपुर १२ का अध्यक्ष खुसीराम चौधरीले वडामा रहेका किसानहरुको पहिचान गर्नको लागि तालिमको आयोजना गरिएको बताउनुभयो । तुलसीपुर १२ मा रहेका कृषि र पशुपालक किसानलाई दक्ष बनाउने अभियान सहित तालिम सुरु भएको अध्यक्ष चौधरीको भनाई छ । ंवडामा किसानको संख्या एकिन भएपछि आगामि दिनमा योजना बनाउन सहज हुने बताउनुभयो ।
साथै तुलसीपुर १२ मा यहि वर्ष नै हाटबजारको उद्घाटन गर्ने योजना रहेको उहाँको भनाई छ । उहाँले हाटबजार संचालन भएपछि आगामी वर्षदेखि पालिकाले वडालाई कृषि सम्बन्धि कार्यक्रम दिनुपर्ने माग गर्नुभयो । तालिममा मौरीपालन, बाख्रा पालन, बंगुपालन, कुखुरा पालन, तरकारी खेति गर्ने किसान, तरकारीको बेर्ना उत्पादन गर्ने किसानहरुको सभागिता रहेको छ ।
तुलसीपुर १२ का वडा अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपहमानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन भएको हो ।
वडा सदस्य शेषमणी भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव गणेश कुमार आचार्यले गर्नुभएको हो ।
तालिमको प्रशिक्षकमा कृषि सेवा शाखा प्रमुख धनराज गौतम, कृषि अधिकृत शंकर न्यौपाने, पशु सेवा शाखाका अधिकृत नवराज रेग्मी रहनुभएको छ । तिन दिनसम्म चल्ने तालिममा ५३ जना कृषकको सहभागिता रहेको छ ।