२०८१ साउन ५ गते आइतवार

गहतेखोला-घट्टेखोला माथिल्लो सडक निर्माणमा तीन पालिका मिलेर डेलिगेशन जाने निर्णय



तुलसीपुर, २० जेठ ।
तुलसीपुरको गहतेखोलादेखि माथिल्लो सडक भमके-बाघमारे-खिलतपुर हुँदै घट्टेखालासम्म जोड्ने सडक निर्माणका लागि तीन पालिकाले चासो दिएका छन् । सडक निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकासहित शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाले चासो दिएका हुन् ।

आइतबार तीन पालिका प्रमुखको शान्तिनगर गाउँपालिका मुकाम चिराघाटमा बसेको बैठकले सडक निर्माणका लागि लुम्बिनी प्रदेश सरकारलाई दवाव दिने निणर्य गरको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभयो ।

जीर्ण बनेकाे सडक तत्काल निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको नेतृत्वमा डेलिगेसन जाने निर्णय गरिएकाे उहाँले बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले , नेकपा माओवादी केन्द्र लगायतका राजनैतिक दलको सहभागीता रहेको थियो । सडक लामोसमयदेखि जीर्ण अवस्थामा हुँदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार