२०८१ असोज १८ गते शुक्रवार

सल्यानका ३५ वस्ती पहिरोको उच्च जोखिममा



सल्यान, २२ असार ।
सल्यानका १ सय बढी वस्ती पहिरोको जोखिममा रहेका छन् । तीन नगरपालिका र सात गाउँपालिका १ सय २६ वस्ती पहिरोको जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ ।

जसका कारण झन्डै ४ हजार परिवार प्रभावित हुने देखिएको छ । १ सय २६ मध्ये ३५ उच्च जोखिममा छन् भने ९१ मध्यममा छन् । स्थानीय तह तथा विकासे कार्यालयले सडक निर्माणमा जथाभावी डोजर, स्काभेटर प्रयोग गर्दा जमिन हल्लिएका र बर्सातको समयमा परेको पानीले प्रत्येक वर्ष पहिरो जाँदा जिल्लाभरीका १ सय २६ बस्ती पहिरोको जोखिममा परेका हुन् ।

भूसंरक्षण कार्यालय सुर्खेतको तथ्यांकअनुसार जिल्लाको १० स्थानीय तह मध्ये बन्गाड कुपिण्डे नगरपालिकाको निगालचुला, माझकाँडा, भदाले, बाग्चौर नगरपालिका १२ बाफुखोला, कालिमाटी गाउँपालिकाको काप्रेचौर, काल्चे, रामपुर , लक्ष्मीपुर, छत्रेश्वरी गाउँपालिकाको छाँयाक्षेत्र, झिम्पे, चामी, गुराँसे, खर्सुबास, कपुरकोट गाउँपालिकाको गर्पा, खुमखानी, धनबाङ्ग, गोठीवन, कपुरकोट बजार, कुमाखको स्वीकोट, कालागाउँ जोखिममा परेका छन् ।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण दार्मा गाउँपालिकाको वडा नं। २ मा लिरापाजा, डलसिंग,पाजाखोला, साउगाउँ, लिगाछाँप, ३ मा धुलखर्क, मैनेनी, लेखागाउँ, ४ मा रतिखोला, भल्चौर, मसिना, सर्सुखोला, गलात, ५ मा बछेला, लिरेडाँडा, लाम्पाखा, काउलाबोट, जलेखर्क, निगालपानी, भोल्टेगा, पोखरी, भालुखोला, बोहरी, ढाकाडाम कोट, तीनपोखरी, उत्तिसेनी, ढालढुंगा, अधेरीखोला, र ६ मा किमुटाकुरा, बडाचौर, ओलीगाउँ, सुनारगाउँ, मलिक्चा, मलिबांग पहिरोको जोखिममा परेका छन् ।

नगरपालिकाले डोजर लगाइ सडक खनेका र त्यसकै कम्पनले कमजोर भएका जमिन बर्सातको समयमा पानी पर्ने वित्तिकै पहिरो जाँदा दुई वर्षअघि बाँफुखोलाका ओखरेनी, जरेपानी, अँधेरी, तीनगैरी, चौराडाँडाका सय भन्दा बढी परिवार प्रभावित भएका बाग्चौर नगरपालिका(१२ बाफुखोलाका स्थानीय तथा पूर्व वडा अध्यक्ष दीपक ओलीले बताउनुभयो ।

सडक खन्दा र रुखविरुवा मास्दा भएको भू(क्षयका कारण सल्यानका धेरै स्थानमा पहिरो गएको र गत वर्षको तथ्यांकअनुसार ९० स्थानका १ सय २६ हेक्टर क्षेत्रफलमा पहिरो गएको भू(संरक्षण कार्यालय सुर्खेतका सल्यान इन्चार्ज रहेका दीपेश केसीले बताउनुभयो ।

पालिका तथा विकासे कार्यालयले डोजर प्रयोग गरी धमाधम खनेका सडककै कारण जिल्लाका अधिकांश बस्ती पहिरोको जोखिममा परेका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । गत वर्षको बाढी पहिरोको तथ्यांक हेर्दा एक जनाको मृत्यु भएको, ९६ घर पूणर् र १ सय ३३ घर आशिंक क्षति भएका र ६ सय ४ जना विस्थापित भएका उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार