२०८२ जेष्ठ ४ गते आइतवार

स्वास्थ्य सूचकाङ्कमा कपुरकोट गाउँपालिका जिल्ला प्रथम  



सल्यान,२१ असाेज।

सल्यानकाे कपुरकाेट गाँउपालिका विभिन्न स्वास्थ्य सूचाकाङ्कका मापदण्ड पूरा गरि जिल्ला प्रथम भएकाे छ ।

जिल्लाको स्वास्थ्य तर्फको वार्षिक समिक्षमा राष्ट्रि खोप कार्यक्रम,पोषण,मातृ सुरक्षा,परिवार नियोजन,क्षयरोग कुष्ठरोग  निवारणजस्ता क्षेलगाएतका सूचकाङ्कहरुमा कुल ४० अङ्कमा कपुरकाेटले ३६।६ अङ्क प्राप्त गरी जिल्ला प्रथम भएको हो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानद्वारा असोज २० र २१ गतेआयोजित वार्षिक समिक्षा गोष्ठीमा पेश भएको तथ्याङ्कका आधारमा  उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाभरका अन्य गाउँपालिकालाई पछि पारेर प्रथम भएको हो ।।

आव २०८०/०८१ स्वास्थ्यतर्फको विभिन्न कार्यक्रमका सूचकाङ्कमा  आधारमा जिल्ला प्रथम हुन सफल भएकाे पालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतकुमार वलीले बताउनुभयाेले ।

कपुरकोट स्वास्थ्य क्षेत्रमा हासिल गरेको सफलताले भविष्यमा पनि यस्तै सेवा र सुविधामा सुधार गर्दै अघि बढ्ने प्रेरणा मिलेकाे उहाँले बताउनुभयाे।

स्वास्थ्य सेवा कार्यालय सल्यानकाे आयाेजनामा हिजाेदेखि सुरू भएकाे जिल्लास्तरीय वार्षिक समिक्षा गाेष्ठिकाे आज(साेमबार) समापन गरिएकाे हाे ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार