२०८१ फाल्गुन ६ गते मङ्गलवार

आँखा स्वास्थ्य सम्वन्धि स्वास्थ्य मन्त्रालय संग छफलफल



दाङ, १३ पुस ।

लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालय र आँखा स्वास्थ्य कार्यक्रम विच आँखा स्वास्थ्य सेवाको विकास र विस्तारको विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

छलफल कार्यक्रममा नेपालमा आँखा स्वास्थ्य सेवा प्रवाहमा नेत्रज्योति संघले अग्रणी भुमिका खेलेको सहभागीहरुले बताएका छन् ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको आयोजनामा लम्विनी प्रदेश, स्वास्थ्य मन्त्रालय संग हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा स्वास्थ्यमा साझेदारी भन्ने मुल नाराका साथ एनएवीपी नर्वेको आर्थिक सहयोगमा भएको छलफल कार्यक्रममा सहभागीहरुले प्रदेशमा रहेको अन्धोपन न्यूनिकरण गर्न साझेदारी गरेर अगाडी बढने बताएका छन् ।

कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले आँखा अस्पताल संग विगत देखि साझेदारीमा विभिन्न सहयोग गरेको भन्दै आगामी दिनमा पनि मोतियाविन्दुको शल्यक्रिया र अन्य कुराहरुमा साझेदारी गरि अगाडि बढन सकिने बताउनुभयाे ।

उहाँले अन्धोपन न्यूनिकरण गर्ने स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी भएको भन्दै नेत्रविशेषज्ञको व्यवस्थापन र शल्यक्रियाका लागि नेपाल नेत्रज्योति संघ संग थप छलफल र सम्झौता गरि अगाडी बढने बताउनुभयाे । डा. गिरीले भन्नुभयाे-“तपाईहरु योजना ल्याउनुहोस मोतियाविन्दुको शल्यक्रिया गरि अन्धोपन न्यूनिकरण र नेत्रविशेषज्ञको व्यवस्थापनका लागि हामीबाट पनि सहजिकरण र सहयोग हुने छ ।”

त्यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता नोदनारायण चौधरीले आँखा अस्पापतालहरुले दिएको सेवा प्रभावकारी भएको भन्दै अस्पतालका विकासका लागि सहयोग हुने बताए । उनले पहिले आँखाको उपचार गर्न पहिले भारतको सितापुर सहरमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयाे । उहाँले अहिले भारतबाट समेत नेपालमा आँखा उपचार गर्न २५ प्रतिसत विरमाीहरु आउने गरेको भन्दै अस्पतालहरुले पुन्यकाम गरेको बताउनुभयाे । “तपाईहरुले धेरै पुन्यकाम गर्नु भएको छ, पहिले नेपालमा उपचार नहुँदा र अस्पताल नहुँदा धेरैले अन्धोपनमा जिवन विताउनु पर्ने अवस्था थियो चौधरीले भन्नुभयाे-“ अस्पतालले अहिले नाक,कान घाटीको समेत सेवा दिन सुरु गरेको भन्दै लुम्विनी प्रदेशमा कानको समस्या धेरैको भएकाले आँखा अस्पतालले पनि सेवा प्रवाह गरि जनतालाई सेवा दिएको भन्दै स्वास्थ्य मन्त्रालयबाट हुन सक्ने सवै सहयोग हुने बताउनुभयाे ।

प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा राजेन्द्रकुमार गिरीले नेपाल नेत्रज्योति संघले दिने सेवा प्रभावकारी भएको बताउनुभयाे । गिरीले आँखा जस्तो संवेदनशिल क्षेत्रको विकासमा आफुहरुको सहयोग रहने बताउनुभयाे ।

नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक सम्शेर थापाले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले गरेका गतिविधि भावि कार्यक्रम तथा रणनीति र प्रदेश सरकारको सहयोग र प्रदेशमा रहेको अन्धोपन न्यूनिकरणका बारे जानकारी गराउनुभएकाे थियाे।

थापाले लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको विशेषज्ञ सेवा दिइरहेको र आगामी दिनमा यसलाई अस्पतालको रूपमा विकास गर्ने योजनाका साथै सरकारको साथ सहयोगको विषयमा जानकारी दिनुभएकाे थियाे ।उहाँले  प्रदेश सरकारको पनि अन्धोपन न्यूनिकरण गर्न भुमिका उतिकै हुने भन्दै सहयोगको अपेक्षा गर्नुभयाे ।

नेपाल नेत्रज्योति संघ दाङका सचिव घनस्याम सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य मन्त्रालय, निर्देशनालय, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गर्नुभएकाे हाे ।

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार